जलपाइगढीमा पार्टी कार्यालय कब्जा र एसएफआई कार्यकर्तामाथि हमला पूर्वनियोजित: जीवेश सरकार

dffc4665-c099-476c-83f1-747d35fbc514

सिलगढी: जलपाइगढीमा पार्टी कार्यालय कब्जा र एसएफआई कार्यकर्तामाथि हमला तृणमूल कांग्रेसद्वारा पूर्व नियोजित थियो। दार्जिलिङ जिल्ला सीपीआईएम नेतृत्वले सिलगढीमा पत्रकार सम्मेलन गरी उक्त दाबी गरेको हो। उनले पुलिसले पूर्वाग्रही रहेको आरोप समेत लगाए। बिहीबार दार्जिलिङ जिल्ला सीपीआईएमको पार्टी कार्यालय अनिल विश्वास भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा सीपीआईएम प्रदेश सचिव अशोक भट्टाचार्य, प्रदेश कमिटी सदस्य जीवेश सरकार, दार्जिलिङ जिल्ला सीपीआईएम सचिव समन पाठक उपस्थित थिए। उल्लेखनीय छ कि बुधवार राती जलपाइगढीमा एसएफआई र तृणमूल छात्र परिषद बीच झडप भएको थियो। त्यो घटनामा धेरै एसएफआई, सीपीआईएम कार्यकर्तालाई पुलिसले गिरफ्तार गरेको थियो। यद्यपि जीवेश सरकारले गुनासो गरे कि तृणमूल कांग्रेसले सुरुदेखि नै सीपीआईएम पार्टी कार्यालय सुबोध सेन भवनमा आक्रमण गर्ने योजना बनाएको थियो। उनले भने कि हाम्रो पार्टी कार्यालय तृणमूल कांग्रेसले तोडफोड गरेको छ र हाम्रा नेता र कार्यकर्ताहरूलाई पुलिसले गिरफ्तार गरेको छ। पुलिसले निष्पक्ष रुपमा काम गरेको छैन। उनले पक्राउ परेका सीपीआईएम कार्यकर्ताको जमानतका लागि बिहीबार वामपन्थी र कांग्रेसका वकिलहरू मिलेर अदालतमा लड्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement