१७ अगस्तः असम सीमामा स्थित चिकलिगुड़िमा भएको स्वाधीनता दिवस कप २०२३ नक्आउट फूटबल टुर्नामेण्टमा डुवर्स फूटबल एकाडमी उपविजेता रह्यो। चिकलिगुड़ि स्पोर्ट्स एण्ड कल्चरल सोसाइटीको आयोजनमा भएको यस टुर्नामेण्टको फाइनला डुवर्स फूटबल एकाडमीलाई असमको टीमले पराजित गऱ्यो। डुवर्स फूटबल एकाडमी यसअघि २०१७-मा च्याम्पियन रहेको थियो।

मुख्य प्रशिक्षक कुमार लामा अनि सहायक प्रशिक्षक मञ्जु उरावँ (इण्डियन वूमल्स लीगका खेलाड़ी)-को मार्गदर्शनमा डुवर्स फूटबल एकाडमीको टीमले टुर्नामेण्टमा असल प्रदर्शन गऱ्यो।










