१७ अगस्तः भारतका स्टार विकेटकीपर ब्याटर सञ्जु सेमसनले वेष्ट इण्डिज विरुद्ध वनडे र टी२० सीरीजमा प्रभावशाली प्रदर्शन गर्न सकेनन्। यसैकारण उनले एशिया कपको निम्ति भारतीय टीममा स्थान पाउने सम्भावना लगभग समाप्त भएको छ। एउटा रिपोर्ट अनुसार, आउँदो एशिया कपको निम्ति भारतीय टीममा सञ्जुलाई चयन गरिनेछैन। एशिया कप ३० अगस्तदेखि मुल्तानमा शुरु हुनेछ। यो टुर्नामेण्ट हाइब्रिड मोडलमा खेलिनेछ, जसको अधिकांश म्याच नै श्रीलंकामा हुनेछ कारण भारतले पाकिस्तान यात्रा गर्न अस्वीकार गरेको थियो। सूत्रबाट थाहालागे अनुसार, अजित अगरकरको अध्यक्षतामा रहेको चयन समितिले २० अगस्तको दिन एशिया कपको निम्ति भारतीय टीमको घोषणा गर्नेछ। सेमसनले वेष्ट इण्डिज विरुद्ध टी२० सीरीजमा १२, ७ र १३ रन बनाए। यसअघि दुईवटा वनडे म्याचमा उनले ९ र ५१ रन बनाए। यसैकारण उनले १५ सदस्यीय भारतीय टीममा स्थान पाउने सम्भावना कम्ती नै रहेको छ। एशिया कपमा भारतले आफ्नो अभियानको शुरुवात २ सेप्टेम्बरमा पाकिस्तान विरुद्ध गर्नेछ। यो साल यो टुर्नामेण्ट वनडे फर्मेटमा खेलिनेछ। एशिया कपमा खेलाड़ीहरूका प्रदर्शनलाई ध्यानमा राखेर पछिबाट वनडे वर्ल्ड कपको निम्ति टीमको चयन गरिनेछ। सञ्जु सेमसनले टीममा स्थान नपाउने मुख्य कारण नियमित विकेटकीपर इशान किशनको असल फर्म पनि हो। किशनले वेष्ट इण्डिजमा असाधारण ब्याटिंग गरे। उनले अहिलेसम्म १३ वटा वनडे म्याचमा ५५.७१-को औसतले रन बनाएका छन्। रिपोर्ट अनुसार, एशिया कप २०२३-को निम्ति चयनकर्ताहरूले टीममा प्रसिद्ध कृष्णालाई मौका दिन सक्छन्।











