यूकेएफसी-का अधिकारीहरूद्वारा मकैबारी चिया बगानका प्रबन्धकसँग भेटघाट

IMG-20230817-WA0213.jpg

१७ अगस्तः खरसाङ मात्र नभएर सम्पूर्ण उत्तर बंगालकै अग्रणी क्लबहरूमा एक युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-को प्रतिनिधि दलले मकैबारी चिया बगानका प्रबन्धक सञ्जय दाससँग भेट गऱ्यो। यस अवसरमा सञ्जय दासलाई क्लबको तर्फबाट आधिकारिक जर्सी पनि प्रदान गरियो, जुन मकैबारी चिया बगानद्वारा नै प्रायोजित हो। क्लबको गौरवशाली इतिहासलाई ध्यानमा राखेर सञ्जय दासले अतीतमा झैं आउँदो समयमा पनि आफ्नो तर्फबाट सहयोग जारी राख्ने वाचा गरे।

यूकेएफसी-को प्रतिनिधि दलमा क्लबका मुख्य प्रशिक्षक उर्गेन लामा र मेगन थापा रहेका थिए। यसरी नै खरसाङ फूटबल एसोसिएशनका सचिव सुदीप राई अनि अध्यक्ष नर्बु शेर्पा पनि उपस्थित थिए। खेल र खेलाड़ीहरूका विकास हेतु सञ्जय दासको प्रयासको सराहना गर्दै यूकेएफसी-को तर्फबाट उनी प्रति कृतज्ञता व्यक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement