तृणमूल छात्र परिषदद्वारा न्यायको मांग

IMG-20230817-WA0203.jpg

सिलगढी: सिलगढ़ीः जादवपुर विश्वविद्यालयको छात्र स्वप्नदीपको मृत्युलाई लिएर दार्जीलिङ जिल्ला तृणमूल छात्र परिषदले सिलगढ़ीमा बिहिवार विरोध ऱ्याली निकाल्यो। ऱ्यालीको माध्यमले दोषीहरूलाई कड़ा सजाय दिने माग गरिएको छ।ऱ्याली आज सिलगढ़ीको बाघाजतिन पार्कबाट शुरू भयो। दार्जीलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष पापिया घोष, युवा तृणमूल कांग्रेसका अध्यक्ष निर्णय राय, तृणमूल छात्र परिषदका अध्यक्ष तनय तालुकदार र अन्य ऱ्यालीमा सामेल भए।

ऱ्याली शहरका विभिन्न क्षेत्रहरूको परिक्रमा गरी एयरभ्यू मोड़मा पुगेर समाप्त भयो। जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पापिया घोषले भविष्यमा यस्ता घटनाहरू पुनः नघटोस् भनी माग गरिन्। उनले जादवपुर विश्वविद्यालय मामिलामा दोषीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिने माग पनि गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement