पुलिसकर्मीको घरमा नै चोरी

Capture-1.png

सिलगढ़ीः पूर्व पुलिस अधिकारीको घरमा चोरी भएको एक मामिला प्रकाशमा आएको छ। जानकारी अनुसार, पूर्व पुलिस अधिकारी सुधीर नन्दी आफ्नी पत्नीको साथ सिलगढ़ीको ठाकुरनगर क्षेत्रमा बस्छन्। तर उपचारको निम्ति पत्नीको साथ कोलकातामा छन्, जसले गर्दा घर खाली थियो। चोरहरूको एक गुटले यसैको फायदा उठाएर चोरीको घटनालाई अन्जाम दियो। प्राप्त जानकारी अनुसार, आज परिवारको एक सदस्य घर हेर्न पुगेको थियो। तबै उसले गेट र दैलोको ताला फुटेको देख्यो। घरभित्र कमराको अलमारी खुल्ला थियो, जसमा राखेको नगदी, सुनका गहना र अन्य समान हराएको थियो। उसले यसको सूचना एनजेपी थाना पुलिसलाई दियो।

सूचना पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुग्योर जाँच शुरू गरेको छ। स्थानीय मानिसहरूले आरोप लगाएका छन्, क्षेत्रमा साँझ पर्नसाथ धेरै किसिमको असामाजिक गतिविधिहरू बढ्नेगर्छ। जब पुलिसको घर सुरक्षित छैन भने आम जनता कसरी सुरक्षित बस्नसक्छ। स्थानीय मानिसहरूले असामाजिक गतिविधिहरूमाथि लगाम लगाउने अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement