दुईवटा ट्रक ठोक्किँदा घण्टौँसम्म जामको समस्या

IMG-20230530-WA0291.jpg

सेभोक: कालीझोडा नजिक आज बिहान दुईवटा ट्रक आपस्तमा ठोक्किएको जानकारी प्राप्त भएको छ।यस दुर्घटनामा दुवै ट्रक चालकलाई सामान्य चोट लागेको बताइएको छ। आज बिहान कालीझोडा नजिक दुईवटा मालवाहक ट्रक आपस्तमा ठोक्किँदा राष्ट्रिय राजमार्गमा घण्टौँसम्म जामको समस्या देखापर्यो भने विशेष गरेर बिहानको समय आ-आफ्नो कामतिर जाने मानिसहरूले धेरै समस्याको सामना गर्न परेको देखियो। तथापि, घटनाको खबर पाएर पुलिसले घण्टौँसम्म लगातार गरेको प्रयासपछि अन्ततः मूल सडकबाट ती दुवैवटा दुर्घटनामा परेको मालवाहक ट्रकहरूलाई सडक किनारमा राख्ने व्यवस्था गरेपछि अन्ततः वाहनहरूको चलाचल पुनः सुरू भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement