गोरामुमो द्वारा राष्ट्रिय गोर्खा बनबो महोत्सव धुमधामका साथ मनाउने

IMG-20230817-WA0179.jpg

दार्जीलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आगमी दिनाङ्क ३१ अगस्ट २०२३ को दिन राष्ट्रिय गोर्खा बनबो महोत्सव धुमधामका साथ मनाउने पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। कार्यक्रमलाई सफल बनाउनको निम्ति केन्द्रीय कार्यलय दार्जीलिङमा बिधायक एवं केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बाको प्रमुख उपस्थितिमा केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ, दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम जी सुब्बा केन्द्रीय समिति सदस्यगण, खर्साङ, मिरिक अनि कालेबुङ साथै भ्रातृ संगठनका प्रतिनिधि बर्गको उपस्थितिमा बैठक बस्यो। सभा पछि केन्द्रीय समिति प्रवक्ता वाई लामाले जानकारी गराउदै भने, राष्ट्रिय गोर्खा बनबो महोत्सव गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङले शुरूवात गरेका थिए। यसलाई लगातार पालन गर्दै आएको र गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशनमा यस महोत्सवलाई बृहत रुपमा मनाउनको निम्ति गोरामुमोले उत्साहपुर्वक तयारी गरिरहेका छन्। उक्त दिन गोर्खा संस्कृति अनि परम्परालाई संरक्षण गर्नको निम्ति धामी झाक्री, बिजुवा बोज्यु देवता, माताहरुले महाकाल बाबा मन्दिरमा पुजा आर्चना गरि चौरस्ता परिसरमा पनि पुजा आर्चना गरि बनबो नृत्य प्रस्तुत गर्ने छन्। यो पर्वलाई भदौरे पुर्णिमा गुरु पुजा पनि भनिन्छ। गुरु पुजा भारतीय गोर्खाहरुको एउटा महान संस्कृति पर्व हो। त्यस दिन गोर्खा जातिको विभिन्न लोक नृत्यहरु पनि प्रस्तुत गरिने छ। आयोजक कमिटीको तर्फबाट विभिन्न संघ संस्थाहरुलाई पनि निमन्त्रणा गरिने छ। आउदो दिनहरुमा गोर्खा जातिको सपना पूरा होस् भनी बल बिन्ती माग्दै पुजा आर्चना गरिने छ ।गोर्खा जातिको संस्कृति, रितीरिवाज अनि परम्परालाई संरक्षण गर्न तपाईं हामी सबैको कर्तव्य हो। यसकारण उक्त दिन सबै जना कार्यक्रममा सामेल भएर सफल बनाइदिने वाई लामाले अपिल समेत गरेका छन्।

About Author

Advertisement