६ महिनामा सावधानी खुराक लिन सकिने

April-21-Image-for-Story-2_4_pyramid.jpg

नयाँ दिल्ली: अब ६ महिनामा सावधानी खुराक लिन सकिने छ। केन्द्रिय स्वास्थ्य मन्त्रालयले बुधवार दोस्रो कोरोना भ्याक्सिन खुराक र सावधानी खुराकबीचको अवधिलाई ९ महिनादेखि घटाएर ६ महिना गरेको छ। एनटागीको स्थायनी तकनीकी उप समितिले जूनमा कोरोना भ्याक्सीनको दोस्रो अनि सावधानी खुराकबीचको अन्तरलाई कम गर्न सिफारिश गरेको थियो। राज्य र केन्द्र शासित प्रदेशहरूलाई पठाइएको पत्रमा, केन्द्रिय स्वास्थ्य सचिव राजेश भूषणले भनेका छन्, विकसित वैज्ञानिक साक्ष्य र वैश्विक प्रथाहरूलाई ध्यानमा राख्दै प्रतिरक्षणमा राष्ट्रिय तकनीकी सल्लाहकार समूह (एनटीएजीआई) को स्थायी तकनीकी उप समिति (एसटीएससी) ले दोस्रो खुराक र सावधानी खुराकबीचको अवधिलाई वर्तमान ९ महिना अथवा ३९ हप्तादेखि संशोधित गरेर ६ महिना अथवा २६ हप्ता गर्न सिफारिश गरेको छ। यसका साथै अब १८-५९ वर्षका सबै लाभार्थीहरूलाई सावधानी खुराक निजी कोरोना टीकाकरण केन्द्रहरूमा दोस्रो खुराक लिएको ६ महिना अथवा २६ हप्ता पूरा भएपछि प्रदान गर्ने निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement