दार्जीलिङ: भवेश भुजेलको आँट र साहसलाई हाम्रो सलाम छ तर हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसलाई दोष्याउने प्रयासमा हामी असहमत छौं भनी हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले बताएका छन्। आफ्नो जाति र माटोप्रति उनले निष्ठा एंव इमान्दारिता देखाउँदै आमरण अनशन बस्ने जो आँट र साहस देखाएको छ, त्यसलाई हाम्रो सलाम छ तर यति भन्दा भन्दै पनि उनले समाजिक सञ्जालमा आफुलाई आमरण अनशनमा बस्ने ठाउँ नपाएको एंव नदिएकोमा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसको षड्यन्त्र हुन सक्ने जो आशंका जताएका छन् उनको यस्तो आशंकासंग हामी असमत छौं भनी प्रवक्ता श्याम गौतमले बताएका छन्। भवेश भुजेलले समाजिक सञ्जालहरूमा आफुलाई आमरण अनशनमा बस्नलाई ठाउँ नदिएकोमा समाजसंगसंगै हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसमाथि दोष्याउने काम गरेको छ। हाम्रो पार्टी प्रवक्ता श्याम गौतमले भने, ‘भवेश भुजेलको शरीरमा जो रातो खून बग्छ, हाम्रो शरीरमा पनि त्यही गोर्खाली खून बग्छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले आफ्नो जाति, सांस्कृति, भेषभूषाको निम्ति निरन्तर रूपमा लागि परेका छन्। नेशनल गोर्खाल्याण्ड कमिटी आदिद्वारा आयोजित दिल्लीको कार्यक्रममा हाम्रो पार्टीले सक्रिय रूपमा अंश ग्रहण गरेको थियो। गत केही दिन अघि मात्र सम्पन्न भएको कार्यक्रमहरूमा पनि हाम्रो पार्टीले खुल्ला रूपमा अंश ग्रहण गरेको थियो अनि आज पनि हाम्रो पार्टी अनि पार्टी अध्यक्ष अजय एडवर्डस इमान्दारिताको साथ लागि परेको छ प्रवक्ता श्याम गौतमले भने। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसले भन्दै आईरहेको छ छुट्टै राज्य गोर्खाल्याण्डको मांगको विषयमा कान्छो भाइको रूपमा रहनेछ भन्ने बताई सकेका छन।आज भवेश भूजेलले जाति र माटोको निम्ति जो आँट र साहस देखाएको छ,त्यसमा पनि हाम्रो पार्टीको सहयोग रहनेछ तिनले भने।गोर्खा भूमि र छुट्टै राज्यको मांग लिएर तपाईको जो प्रयास छ त्यसलाई हाम्रो समर्थन छ तर तपाईले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसमाथि लगाएको आरोप र लाञ्छनासङ्ग हामी सहमत छैनौ।हाम्रो पार्टी प्रवक्ता श्याम गौतमले अघि भने भवेश भूजेलले छुट्टै राज्यको मांग लिएर आमरण अनशन बस्ने अठोट गर्छ भने साथै अनशन बस्नलाई ठाउँ नपाएको खण्डमा हामी हाम्रो पार्टी कार्यालय उनलाई दिनेछौं अनि हाम्रो पार्टीको कार्यलयमा भएको सबै सर समानहरू त्यहाँबाट हटाउने छौं तर हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसमाथि दोषाउने काम नगर्नुू होस हाम्रो पार्टी प्रवक्ता श्याम गौतमले भने।









