मंगन: आज मंगनस्थित जिल्लापाल कार्यालयमा, जिल्लापाल डा. एबी कार्कीको अध्यक्षतामा, स्वास्थ्य विभागले आयोजन गरेको, जिल्ला टास्क फोर्स खोप (डीटीएफआई) को बैठक सम्मपन भएको छ। बैठकमा मंगनका सीएमओ र विभिन्न लाइन विभागका अधिकारीहरू सहभागी थिए।
डीआरसीएचओ डा. तारा गौतमले जिल्ला टास्क फोर्स खोपमाथि प्रस्तुति पेश गर्दै खोप कभरेज, कोविड टीकाकरण, जनसांख्यिकी आदि विषय जानकारी दिइन्। उनले ‘हर घर दस्तक’ बारे पनि संक्षिप्तमा रिपोर्ट प्रस्तुत गरिन्।
जिल्लापाल कार्कीले टीकाकरण र जनसांख्यिकी विषय जानकारी लिए। उनले टीकाकरण प्रक्रियामा सहजताका लागि फ्राण्टलाइन वर्करहरूलाई टीकाकरणको तारिक दिन सुझाउ राखे। बैठकमा अन्य यस्ता विषयहरूमाथि पनि छलफल गरियो, जसमाथि तत्काल ध्यान दिन आवश्यक छ।