सिलगढी: सप्लिमेन्ट्री ट्रान्सपोर्ट एग्रीमेन्ट रेन्यु गरियो। उक्त सप्लिमेन्ट्री ट्रान्सपोर्ट एग्रीमेन्ट थाँतीमा रहेको थियो। सिक्किम र बंगालको परिवहन मन्त्रीहरू क्रमैले फिरहाद हाकिम र सन्जित खरेलले फेरि नयाँ ट्रान्सपोर्ट एग्रीमेन्टमा हस्ताक्षर गरे। यो एग्रीमेन्टमा हस्ताक्षर गरिसकिएपछि पर्यटक साथै व्यवसायीहरू पनि धेरै खुशी देखिन्छन्।ज्ञात रहोस वर्ष २००७ सालमा नै बंगाल र सिक्किम माझ भएको ट्रान्सपोर्ट एग्रीमेन्टको समयसीमा समाप्त भएको थियो।यसपछि दुवै राज्यले २०१८ मा पुरानै एग्रीमेन्टलाई तत्कालको लागि सलीमेन्ट्री गरेर बंगाल र सिक्किम घुम्न आउने पर्यटकहरु लगायत पर्यटन व्यवसायीहरुले धेरै समस्या झेल्न परिरहेको थियो।आज गरिएको एग्रीमेन्टको आधारमा अब बंगाल वा सिक्किम घुम्न आउने पर्यटकहरुको लागि एउटै टुरिस्ट परमिट हुनेछ।एउटै परमिटले पर्यटकहरु सबै पर्यटन स्थल घुम्न सक्ने बताएका छन्।