नुहाइरहेको समय नदीमा डुबेर रेलकर्मीको मृत्यु

00-1-Chhetriya-Samachar-2

सिलगढी: स्वतन्त्रता दिवसको दिन नुहाइरहेको समय एकजना रेलकर्मीको नदीमा डुबेर मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको ३६ नम्बर वार्ड निवासी शुभङ्कर दास (३७) मंगलबार आफ्नो एकजना साथीअनि एकजना आफन्तसित राजगञ्जको आमबाड़ी करतोया ब्यारेजमा नुहाउन गएका थिए। नुहाइरहेको समय शुभङ्कर दास नदीमा डुबेपछि तिनको मृत्यु भएको छ। अर्कोतिर, आज पोस्टमर्टम पछि तिनको लाश घरमा ल्याइपुऱ्याएको छ। अर्कोतिर, परिवार पक्षले लगाएको अनुमान अनुसार उक्त घटनाको पछि केही रहस्य रहेको छ। मृतकको बहिनीले बताए अनुसार यसबारे आमबारी पुलिस थानामा अभियोग दर्ता गराइने छ। स्मरण रहोस, मृतक शुभङ्कर दास सिलगढीको एनजेपी स्टेशनमा यार्ड मास्टरको पदमा कार्यरत थिए। गत केही वर्ष अगावै तिनको पत्नीको मृत्यु भइसकेको छ। हालैमा तिनको दोस्रो विवाहको लागि निश्चित भइसकेको थियो अनि विवाहको लागि रेजिस्ट्री आगामी महिना हुनेवाला थियो।

About Author

Advertisement