कोलकाताः जादवपुर विश्वविद्यालयमा बांग्ला विभागको प्रथम वर्षका छात्र स्वप्नदीप कुण्डूको छतबाट झरेर भएको मृत्यु मामिलामा चार अझ छात्रलाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने छात्रहरूको नाम मोहम्मद आसिफ, मोहम्मद आरिफ अंकन सरकार र असित सरदार बताइएको छ। उनीहरूको पक्राउका साथै यस मामिलामा पक्रा पर्ने मानिसहरूको संख्या बढ़ेर सात पुगेको छ।
यीनीहरू मध्ये आसित विश्वविद्यालयका पूर्व छात्र हुन् भने अन्य यहॉं पढ़ाई गर्छन्। यस अतिरिक्त, अझ दुई छात्रलाई हिरासतमा लिइएको छ। कोलकाता पुलिसका संयुक्त आयुक्त शंख शुभ्र घोषले डीन अफ् स्टूडेन्ट्स र रजिस्ट्रारसॅंग सोधपुछ गर्नेछ। कोर्स पूरा गर्ने २० भन्दा धेरै छात्र विश्वविद्यालयको होस्टेलमा अवैध तरिकाले बसिरहेको थाहा लागेको छ।
यस अघि यस मामिलामा सौरभ चौधरी, दीप शेखर दत्त र मनोतोष घोषलाई पुलिसले पक्राउ गरेको थियो। तीनै जनाको मोबाइल फोन फरेन्सिक जॉंचको निम्ति अगावै पठाइएको छ। पुलिसलाई यसबाट धेरै फोटो-भिडियो र कल डिटेल मेटाइएको सन्देह छ।








