दुईवटा वाहन ठोक्किन्दा वाहनमा आगलागी

IMG-20220706-WA0175.jpg

कालचिनी: दुईवटा विपरीत दिशाबाट गईरहेको वाहन ठोक्किन्दा दुवै वाहनमा भयावह आगलागी भएको थियो। घटनास्थलमा कालचिनी थाना र निमती आउटपोस्टका पुलिसबल साथै दमकलको इञ्जिन पुगेर आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएको थियो भने दुवै वाहनको चालक र खलासीहरूलाई पुलिसले घाइते अवस्थामा उद्धार गर्न सफल भएको बताईएको छ।
घटना निमती दोमोहनी संलग्न ३१ सी राष्ट्रिय राजमार्गमा घटेको हो भने दुवै वाहनमा आगलागीको करण राष्ट्रिय राजमार्ग ३१ सी प्रायः १ घन्टा अवरुद्ध बनेको थियो। पुलिस सुत्रले बताएअनुसार एउटा दुवै विपरीत दिशाबाट गइरहेको वाहनमाझ टक्कर हुँदा आगो लागेको थियो भने घटनामा कोही पनि हताहत नभएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement