सोनाद पचेङ समष्टिको विभिन्न ठाउँहरुमा स्वतनत्रता दिवस पालन

IMG-20230816-WA0284.jpg

सोनादा: भारत देशको ७७औ स्वतन्त्रता दिवस देशको अन्य ठाउँहरुमा झैं सोनादा पचेङ समष्टिमा पनि विभिन्न गाउँ,संघ संस्था, कार्यलय विध्यालयहरुमा भव्यताका साथ पालन गरियो। पञ्चायत व्यवस्था स्थापना भएपछि यस छेत्रका नव निर्वाचित जनप्रतिनिधि पञ्चायत सदश्य तथा पञ्चायत समिति सदश्यगण क्रमैले मनखुस राई, उप सभापति सुकिया जोरबंगलो खण्डद्वारा खण्ड कार्यालयमा राष्ट्रिय झण्डा उत्तोलन गरियो। त्यसै गरी अप्पर सोनादा जिपिमा निर्वाचित प्रधान दावा तामाङ, उप प्रधान हेमन्त गुरूङ समस्त सदश्यगण, लोवर सोनादा १ जिपी प्रधान बैजन्ति तामाङ उप प्रधान थिलेन लामा, लोवर सोनादा -२ प्रधान रेखा तामाङ तथा समस्त सदश्यगणको विशेष उपस्थितमा प्रत्येक ग्राम पञ्चायतमा राष्ट्रिय झण्डा उत्तोलन गरी स्वतन्त्रता दिवस पालन गरियो। समष्टिको मुख्य कार्यक्रम भव्य रंगारंग कार्यक्रमबीच सलेसियन महाविधालय, सोनादाको खेल मैदानमा सम्पन्न भयो जहाँ राष्ट्रिय झण्डा उत्तोलन कार्यक्रम मुख्य अतिथि सोनादा पचेङ समष्टिको कार्यकारी सभासद् अनोस थापाको बाहुलीबाट गरियो।

उक्त कार्यक्रम स्वतन्त्रता दिवस आयोजक समिति सोनादा एंव सलेसियन कलेजको संयुक्त तत्वधानमा सम्पन्न गरिएको थियो र मुख्य अनि विशिष्ट अतिथिको रूपमा सभासद् क्रमैले अनोस थापा, सलेसियन कलेजका प्रन्सिपल, शिक्षक, पञ्चायत सदश्य, पञ्चायत समिति सदश्यगण, विभिन्न स्कूलका प्रधानअध्यापकगण, सोनादा छेत्रका विशिष्टगणहरुको विशेष उपस्थिति रहेको थियो र उक्त कार्यक्रम आयोजक समिति सभापति भुबन सुब्बाको सभापतित्वमा सम्पन्न भयो।
समारोहको रंगारंग कार्यक्रमहरु जस्तै मार्च पास्ट, लोक नृत्य प्रतियोगिता, खेलकूद तथा अन्यमा सोनादाका विभिन्न प्राथमिक, उच्च तथा उच्चतर माध्यमिक विधालय, महाविधालयका एन सिसि कन्टिन्जेन्टहरुले अंश ग्रहण गरेका थिए। प्राथमिक पाठशालाको मार्च पास्ट प्रतियोगितामा प्रथम , गुड होप एकाडमी, दोस्रो निउटन मााइन्ड पब्लिक स्कुल, डलफिन एकाडमी, उच्च तथा उच्चतर माध्यमिक विधालयको मार्च पास्ट प्रतियोगितामा प्रथम सोनाद हाई स्कूल, दोस्रो सम्बोटा सेन्ट्रल स्कूल, तेस्रो शान्तिरानी स्कुल अनि लोक नृत्य प्रतियोगितामा प्रथम सम्बोटा सेन्ट्रल स्कूल, दोस्रो सोनादा हाई स्कूल अनि अनुशासनको निम्ति निउटन माइन्ड पब्लिक स्कुल अनि सोनादा हाई स्कुलले ट्रफी जिते अनि खेल कूद प्रतियोगितामा विभिन्न स्कुलहरुले अंश ग्रहण गरी विजेता बने र पुरस्कार साथै प्रत्येक भाग लिने विध्यालय तथा महाविधालयहरुलाई प्रमाण पत्र प्रदान गरियो, एनसिसि सोनादा डिग्री कलेज, सलेसियन कलेज सोनादा, सलेसियन कलेज सिलगडीका विध्यार्थीवर्ग साथै शिक्षकगणले पनि अहम सहभागिता जनाएका थिए।
स्वतंत्रता दिवसको उपलक्ष्यमा विशेष रुपमा “सुरन”(सोनादा) अनि स्वतंत्रता दिवस आयोजक समितिको आयोजनामा १० किमिको म्यारथन रन, रन सोनादा रनको थिम लिएर सम्पन्न गरिएको थियो जस्को विजेता, पुरूष वर्गमा प्रथम प्रशान्त रोपाल, दोस्रो गंगा हाङ सुब्बा, तेस्रो प्रबेश तामाङ, महिला वर्गमा प्रथम प्रिति राई, दोस्रो बन्दना सुब्बा, तेस्रो योजिना मुखिया भएका थिए, विजेताहरुलाई नगद राशी साथै मेडल प्रदान गरियो अनि सबै दौड पूरा गर्ने धावकहरुलाई मेडल प्रदान गरिएको थियो।

About Author

Advertisement