भाजपाको बिजयी पञ्चायत र समितिको सदस्यहरूलाई सम्बर्ध्दना

IMG-20230816-WA0252.jpg

२०० जनाले समाए भाझपाको झण्डा

खरसाङ: भारतीय जनता पार्टीको टिकटमा पञ्चायत चुनावमा लडेर जितेका प्रार्थीहरू र हारे पनि खड़ा भएका सबै प्रार्थीहरूलाई सांसद राजु विष्टको उपस्थितिमा सम्बर्ध्दना जनाइएको छ। आज खरसाङको गौरी शंकर चियाबारीमा सासंद राजु विष्टको उपस्थितिमा धनकुमार बम्जनको अध्यक्षतामा एक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नै नव निर्वाचित पञ्चायत सदस्यहरू, पञ्चायत समितिको सदस्यहरू साथै चुनावमा खड़ा भएका सबै प्रार्थीहरूलाई सांसद राजु विष्टको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ। दया देवानले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण एससी मोर्चाको राज्य सदस्य राजेस गजमेरले राखेका थिए। कार्यक्रममा भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला सचिव सोनामले सम्बोधन गर्दै भाजाप हारेको होइन तर प्रशासन लगाएर हराएको आरोप लगाएका छन्। उनले अहिले पनि कुुनै पनि समय भाजपाले बोर्ड गठन गर्नसक्छ भनी बताए। कार्यक्रमलाई बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेल, भारतीय जनता पार्टीको दार्जिलिङ जिल्लाका अध्यक्ष कल्याण देवान लगायत अन्यहरूले सम्बोधन गरेका थिए।

सभामा भाजपा नेताहरू सञ्जीव लामा, मदन जोगी लगायत विभिन्न मण्डलका सभापति सचिवहरू उपस्थित रहेका थिए। यसै कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न स्थाहरूबाट आएका २००भन्दा अधिक मानिसहरूले सांसद राजु विष्टको बाहुलीबाट भारतीय जनता पार्टीको झण्डा ग्रहण गरेका थिए। यस क्रममा खरसाङ, महानदी, घुम्ती, जंगपाना, तीनधारे, घैयाबारी, सिटोङ आदि क्षेत्रका जम्मा २०० भन्दा मानिसहरूले आज आधिकारिक रूपमा भारतीय जनताको पार्टीको झण्डा ग्रहण गरेका छन्। पार्टीमा सामेल हुनेहरू सबैलाई सांसद राजु विष्टले पार्टीको झण्डा प्रदान गरेर भाजपामा स्वागत जनाएका थिए।

About Author

Advertisement