भक्तिनगर थाना पुलिसले २४ घण्टा भित्रमा नै चोरीको मामिला सुल्झायो

IMG_20220706_222205.jpg

सिलगढी: २४ घण्टा बित्दा नबित्दै सिलगढी भक्तिनगर थाना पुलिसले एउटा चोरीको मामिला समाधान गरेको छ। चोरी भएको सामानसहित चोरी गर्ने व्यक्तिलाई पक्रन सफल बनेको छ भक्तिनगर थाना पुलिस। गत ४ जुलाईको दिन सिलगढी ज्योति नगर स्थित एउटा कारखानामा चोरी भएको थियो।कारखाना मालिक निलम शर्माले ५ तारिकको दिन भक्ति नगर थानामा एउटा प्राथामिकी दर्ता गरेको थियो।त्यसैको आधारमा भक्तिनगर पुलिसले छानबिन शुरु गर्यो। फलस्वरुप सफलता २४ घण्टा पनि नबित्दै हात लाग्यो।यस चोरीको मामिलामा बदमाश विश्वजित रायलाई पुलिसले गुप्त सुत्रको आधारमा पक्राउ गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement