सिक्किमको राजभवन परिसरमा सीपीआर प्रशिक्षण कार्यक्रम

IMG_20220706_221846.jpg

गान्तोक: आज नयाँ एसटीएनएम अस्पतालका ह्रदय विशेषज्ञ डा. पाल्देन र तिनको टोली तथा मेदान्त अस्पताल, पटनाका वरिष्ठ ह्रदय विशेषज्ञ डा. अजय सिन्हा (जो अनलाइन माध्यमद्वारा जोडिएका थिए) ले सीपीआर प्रशिक्षण कार्यक्रमको सिक्किमको राजभवन परिसरमा आयोजन गरे। कार्यक्रम अन्तर्गत आईटीबीपी र एनडीआरएफका जवान र राजभवनका अधिकारीहरू र कर्मचारीहरूलाई बुनियादी जीवन बचाउने प्रक्रियाबारे अवगत गराइयो। यस अवधि अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (एईडी), जुन एउटा अटोमेटिक शक दिने मेशीन हो, उपयोग विधि सिकाइयो।
डा. पाल्देनले सीपीआर जीवन बचाउने एउटा यस्तो प्रक्रिया हो, जसलाई प्रत्येक नागरिकले सिक्नु आवश्यक रहेको बताए। उनले यस प्रकियाबारे धेरभन्दा धेर जागरूकता फैलाउने आवश्यकतामाथि बल दिए। उनले भने, जब पनि कुनै व्यक्तिलाई अस्पतालदेखि बाहिर ह्रदयघात हुन्छ, १० मध्ये केवल एकजनाको जीवन बाच्छ। तर, यदि डाक्टरको उपचारभन्दा पहिला समयमै सीपीआर दिइन्छ भने १० मध्ये चारजनालाई बचाउन सकिन्छ। यस अविध राजभवनका अधिकारीहरू, कर्मचारीहरू, डा. सन्दीप चन्द्र प्रधान, डा. विरेन्द्र, डा. पुष्कर, नर्सिङ अफिसर, मेडिसिन अफिसर, कार्डियक टेक्नोलोजिस्ट आदि पनि उपस्थित थिए। कार्यक्रममा राज्यपालले मानव कल्याणका लागि शहरका धेरै ठाउॅंहरूमा एईडी यन्त्र प्रदान गर्ने घोषणा गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement