एमटीवाईएस बन्यो च्याम्पियन

IMG-20230816-WA0179.jpg

१६ अगस्तः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा एमटीवाईएस (मगरटोला युवा संघ) च्याम्पियन भयो। मंगलवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको फाइनलमा एमटीवाईएस-ले टीम भलिबललाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट पासांग, उत्तम र निशान्तले गोल गरे। यसरी टीम भलिबलबाट सिद्धार्थ र राहुलले गोल गरे। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा एमटीवाईएस-का निगम तामङले सर्वाधिक गोलदाता र उत्तमले बेस्ट गोलकीपरको पुरस्कार जिते। यसरी टीम भलिबलका सिद्धार्थले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

Advertisement