१६ अगस्तः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा बण्टी इलेभेन (मंगपू) च्याम्पियन भयो। मंगलवार भएको फाइनलमा बण्टी इलेभेन, मंगपूले क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए), मिलनमोड़लाई २-१-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। च्याम्पियन टीमका खेलाड़ी अभिजीत लामालाई प्लेयर अव् द म्याच चयन गरियो।










