इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टः लामा डाँड़ा होम स्टे च्याम्पियन

IMG-20230816-WA0122.jpg

१६ अगस्तः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टमा लामा डाँड़ा होम स्टे च्याम्पियन भयो। समथार जनमैदानमा मंगलवार भएको फाइनलमा लामा डाँड़ा होम स्टे-ले नाजोकलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा लामा डाँड़ा होम स्टे-बाट अजय राणा अनि नाजोकबाट दिपेन राईले गोल गरे । यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। च्याम्पियन टीमका बिकास गुरुङले प्लेयर अव् द म्याच अनि डन बस्कोका दिपेश राईले प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जिते। यसरी गर्ल्स टुर्नामेण्टको फाइनलमा रोंगमित युनाइटेडले समथार हायर सेकेण्डरी स्कूललाई १-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट एकमात्र गोल प्रनिता मंगरले गरिन्। यसरी भेटरन्स टुर्नामेण्टको फाइनलमा समथार भेटरन्सले पन्बु भेटरन्सलाई पेनल्टी शूटआउटमा २-१-ले पराजित गऱ्यो भनी आयोजक समितिको पक्षमा शाहरुख तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement