नयाँ-दिल्ली: सुशन्तस् डु कराते एकाडेमी, कालिम्पोङ चिल्ड्रेन्सले नयाँ-दिल्लीमा भएको १७औं अखिल भारतीय स्वतन्त्रता कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप-२०२३ मा एउटा रजत पदक र दुईवटा कांस्य पदक जित्यो।

सुशन्तस डु कराते एकाडेमीका पाँच करातेका खेलाडीहरूले ११ देखि १३ अगस्ट २०२३ सम्म तालकटोरा इन्डोर स्टेडियम, नयाँ-दिल्लीमा आयोजित १७औं अखिल भारतीय स्वतन्त्रता कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप-२०२३ मा सफलतापूर्वक भाग लिए। यो च्याम्पियनशिप सेइको काई कराते इन्डियाद्वारा आयोजना गरिएको थियो। सेन्ट स्टीफन्स एकाडेमी कफेरकी लावण्य सिंहले २० केजी मुनि ९–१० वर्षमुनिका छात्राहरूमा रजत पदक जितेकी छन्।

सेन्ट जोसेफ कन्भेन्ट, कालिम्पोङकी दीपानी भट्टराईले ११-१३ वर्षमुनि +४५ केजी तौल समूहमा कास्य पदक जितेकी छन्। रकभेल एकेडेमीका युगान्त मैनाली शर्माले ११-१३ वर्ष मुनि +५० केजीमा कास्य पदक जिते।च्याम्पियनसिपमा कालिम्पोङ ग्रेस एकेडेमीकी प्रवेशिका क्षेत्री र कालिम्पोङ कलेजका मास्टर अभिराज धिंगाना पनि सहभागी थिए। मुख्य प्रशिक्षक शिहान सुशन थापा (ब्ल्याक बेल्ट-५ औं दान) द्वारा यो जानकारी प्राप्त भएको हो।