१५ अगस्तः भारतकी स्टार पहलवान विनेश फोगाटले एशियन गेम्समा हिस्सा लिने छैनन्। उनको स्थानमा स्ट्याण्डबाई खेलाड़ी अन्तिम पंघालले चीनको हांगझोऊमा हुने एशियन गेम्समा चुनौती पेश गर्नेछिन्। विनेशले मंगलवार सोशल मीडियामा पोस्ट गरी यसबारे जानकारी दिएकी छन्। विनेशले बताएअनुसार, १३ अगस्तमा अभ्यासको अवधि उनको देब्रे घुँड़ामा चोट लागेको छ। डाक्टरहरूले सर्जरीको सुझाउ दिएका छन्। यसैकारण विनेशले १७ अगस्तको दिन मुम्बईमा सर्जरी गराउनेछिन्। यसैकारण उनले एशियन गेम्सबाट नाम फिर्ता लिएकी छन्। एशियन गेम्स यस साल चीनको हांगझोऊमा २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुनेछ। वास्तवमा ओलम्पिक एसोसिएशनको तर्फबाट गठित एडहक कमिटीले महिलाहरूमा ५३ किग्रा अनि पुरुषहरूमा ६५ किग्रा ओजन वर्गमा विनेश र बजरंग पूनियालाई ट्रायल बिना नै एशियन गेम्समा हिस्सा लिने स्वीकृति दिएको थियो। यस फसेलालाई लिएर पछिबाट निक्कै विवाद पनि भएको थियो।