नयाँ दिल्ली: केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री नरेन्द्र सिंह तोमरले मंगलवार भने, किसान हित मोदी सरकारको प्राथमिकता हो। हामी किसान हितमा लगातार काम गरिरहेका छौं जसको लाभ किसानहरूलाई पनि प्राप्त भइरहेको छ। तोमरले मंगलवार आफ्नो दिल्लीस्थित आवासमा आयोजित स्वतन्त्रता दिवस समारोहमा विशिष्ट अतिथिको रूपमा सामेल भएर देशका किसानहरूलाई सम्बोधन गरे। उनले भने, स्वतन्त्रता दिवस समारोहमा किसानहरू सहित अन्य विशिष्ट अतिथिहरूलाई आमन्त्रित गर्नु प्रधानमन्त्री मोदीको व्यापक दृष्टिकोणको परिचायक हो। कृषि क्षेत्र हाम्रो देशमा महत्वपूर्ण क्षेत्र हो जसमा निरन्तर प्रगति भिरहेको छ, उत्पादन आकाशिँदो छ तथा भारत अग्रणी छ। यसमा किसान-वैज्ञानिकहरूको पमुख योगदान रहिआएको छ। यिनीहरूको कड़ा मिहेनतकै फलस्वरूप आज हाम्रो देश दुनियाँलाई आपूर्ति गर्ने देश भएको छ।
कृषिमन्त्रीले भने, किसानहरूको हितको लागि प्रधानमन्त्री सदैव चिन्तित रहन्छन्। यसैले कृषि बजेटलाई लगभग पाँच गुणा बढ़ाइएको छ। किसानहरूको लागि प्रधानमन्त्री किसान सम्मान निधि जस्तो महत्वाकांक्षी योजना मोदीले आरम्भ गरे जसान्तर्गत आजसम्ममा २.६० लाख करोड़ रुपियाँ करोड़ौं किसानहरूको खातामा जम्मा गराइसकिएको छ। यो राशि बिचौलीहरू बिनै सोझै किसानहरूलाई प्राप्त हुन्छ। यसरी नै प्रधानमन्त्री फसल बीमा योजना सुरक्षा कवचको रूपमा छ जसान्तर्गत अहिलेसम्ममा किसानहरूद्वारा २९ हजार करोड़ रुपियाँ प्रीमियम जम्मा गराइसकिएको छ जबकि नोक्सान भएका किसानहरूलाई १.४० लाख करोड़ रुपियाँको क्लेम दिसकिएको छ। देशका सबै किसानहरूलाई यस योजनासित जोड़्ने प्रयत्न गरिँदैछ।
उल्लेखनीय छ कि प्रधानमन्त्री मोदीको नेतृत्वमा लाल किल्लामा आयोजित स्वतन्त्रता दिवस समारोहमा विशिष्ट अतिथिका रूपमा सामेल देशभरिका सयकड़ौं किसानहरूलाई नरेन्द्र सिंह तोमरले आफ्नो दिल्ली आवासमा स्वागत जनाए तथा यिनीहरूको सम्मानमा भोजको आयोजन गरे।