सभासद सन्नी बम्जनले राष्ट्रिय झण्डाको गरयो उत्तोलन
दार्जीलिङ: अप्पर सुम्बुक खेल मैदानमा ७७औं स्वतन्त्रता दिवस भब्यताको साथ पालन।देशको विभिन्न क्षेत्रहरू लगायत पहाडकी रानी दार्जीलिङमा पनि स्वतन्त्रता दिवस हर्ष उल्लासको साथ पालन गरियो।यसैक्रममा अप्पर सुम्बुक खेल मैदानमा पनि स्थानीय बासिन्दाहरूले स्वतन्त्रता दिवस भब्यताको साथ पालन गरयो। आयोजित स्वतन्त्रता दिवस कार्यक्रम मा हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव सभासद सन्नी बम्जन प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए। यसरी नै पूर्व सैनिक डीक वीर गुरूङ लगायत क्षेत्रको बरिष्ठ मानुभाव हरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भमा सभासद सन्नी बम्जनको बाहुलीद्वारा राष्टिय झण्डाको उत्तोलन गर्ने कार्य गरियो। ७७औं स्वतन्त्रता दिवसलाई ध्यानमा राख्दै गत केही दिन अधिदेखि अप्पर सुम्बुक खेल मैदानमा फुटबल टुनामैन्टको आयोजना गरिएको थियो,जसमा आजको अन्तिम खेलमा माने डाँडा र मिडल सुम्बुक पूगेको छ।