हाम्रो पार्टीले मनाए ७७औं स्वतन्त्रता दिवस

IMG-20230815-WA0425.jpg

एक दिन गोर्खाल्याण्ड अवश्यै हुनेछ, हामीले पनि हाम्रै राज्यमा स्वतन्त्रता दिवस मनाउने छौ: छेत्री

दार्जीलिङ: गोर्खाहरूले पनि एक दिन आफ्नै राज्यमा भारत देशको झण्डा उत्तोलन गर्ने छ यो मनतब्य हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्रीले पोखेको हो।देशको अन्य क्षेत्रहरूमा सरह पहाडकी रानी दार्जीलिङको विभिन्न क्षेत्रहरूमा ७७औं स्वतन्त्रता दिवस भव्यताको साथ पालन गर्यो।यसैक्रममा शहरको माल रोड स्थित हाम्रो पार्टीको केन्द्रीय कार्यलय पी कोठीको प्रांगनमा हाम्रो पार्टीले ७७औं स्वतन्त्रता दिवस पालन गर्यो। पार्टी केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्रीले राष्ट्रीय झण्डाको उत्तोलन गर्यो।आयोजित स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष रोवर्ड छेत्रीले देश आजादीको संघर्षदेखि आजसम्म गोर्खा हरूले देशको सुरक्षा अथवा देशको नागरिकको सुरक्षा को निम्ति प्राणको आहुति दिदै आईरहेको छ तर देश रक्षक गोर्खाहरूले आजसम्म न्याय पाउन सकेको छैन यो सबै भन्दा ठूलो दुखको विषय हो।उपाध्यक्ष छेत्रीले अघि भने देशको सिमानाहरूमा गोर्खा सैनिकहरूले देशको सुरक्षा गर्दै आई रहेको छ भने दिल्लीको लाल किल्लामा देशको प्रधानमंत्री नरेन्द्र मोदीले झण्डा उत्तोलन गर्यो साथै सम्पूर्ण देशबासीहरू ले ७७औं स्वतन्त्रता दिवस हर्ष उल्लासको साथ मनाई रहेका छन।हामी हाम्रो पार्टीको पक्षबाट केन्द्रको भाजपा सरकारलाई आहवान गर्छौ तपाईहरूले गोर्खाहरूलाई दिनु भएको वचनहरू पूरा गरी दिनु होस।केन्द्रमा रहेको भाजपा सरकारको पाँच सालको कार्यकालको एउटा संसदीय अधिवेशन बाकी रहेको छ, त्यो सांसदीय अधिवेशनमा गोर्खाहरूलाई न्याय दिनु हुन्छ भन्ने हामी आशावादी छौं छेत्रीले भने। जबसम्म गोर्खाहरूको मन-मस्तिष्क छुट्टै राज्यको तृष्णा रहनेछ तबसम्म गोर्खाहरूले आफ्नो संघर्षलाई यथवत रहने छ। आज हामी ७७औं स्वतन्त्रता दिवस मनायौ एक दिन अवश्यै छुट्टै राज्य गोर्खाल्याण्डको गठन हुनेछ अनि हामीले हाम्रो राज्यमा स्वतन्त्रता दिवस मनाउँने छौ हाम्रो पार्टी केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्रीले भने।आजको स्वतन्त्रता दिवसको कार्यक्रममा पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भुटिया, गोपाल परियार,साकल देवान, फिन्जो भुटिया, रितेश पोर्तेल, साङ्गे भुटिया, पेमा शेर्पा, पेमिला दोर्जी, लगायत पार्टी कार्यकर्ता एंव समर्थकहरूको अपार उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement