पाक्योंग जिल्ला पुलिस च्याम्पियन

IMG-20230815-WA0614.jpg

१५ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा पाक्योंग जिल्ला पुलिस च्याम्पियन भयो। सेण्ट जेभियर्स स्कूल मैदान, पाक्योंगमा आज भएको फाइनलमा पाक्योंग जिल्ला पुलिसले गत सीजनको च्याम्पियन जेभीसी सिंगतामलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याक्सवेल र यूगिनले गोल गरे। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गरेको थियो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।
संक्षिप्तमाः
च्याम्पियनः पाक्योंग जिल्ला पुलिस
रनरअप्ः जेभीसी सिंगताम
प्लेयर अव् द म्याचः यूगिन
प्लेयर अव् द टुर्नामेण्टः म्याक्सवेल
हाईएस्ट स्कोररः म्याक्सवेल
बेस्ट गोलकीपरः क्रिस्टियन जोएल कोआस्सी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement