हर्ली कपः बीएसएफ रानीडांगा च्याम्पियन

IMG-20230815-WA0586.jpg

१५ अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित हर्ली मेमोरियल च्यालेञ्ज कप फूटबल टुर्नामेण्टको १०६औं संस्करणमा बीएसएफ रानीडांगा च्याम्पियन भयो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा मंगलवार खेलिएको फाइनल म्याचमा बीएसएफ-को टीमले १०७ टेरिटोरियल आर्मी (टीए)-लाई पेनल्टी शूटआउटपछि सडन डेथमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई प्रतिष्ठित हर्ली कपको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। १०७ टीए-का वांगदेन तामाङले प्लेयर अव् द म्याचको पुरस्कार जिते। आजको मुख्य अतिथि अञ्जुल चौहान (चेयरम्यान जीटीए सभा) र एक्जीक्यूटिभ सभासद योगेन्द्र प्रधानको बाहुलीबाट पुरस्कारहरू वितरण गरियो। यसरी आईपी राईको बाहुलीबाट प्लेयर अव् द म्याचलाई पुरस्कार प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement