इण्डिपेण्डेन्स शील्डः सिंगलिंग स्पोर्टिंग क्लब च्याम्पियन

IMG-20230815-WA0585.jpg

१५ अगस्तः कालेबुङ स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा सिक्किमको सिंगलिंग स्पोर्टिंग क्लब च्याम्पियन भयो। मंगलवार स्थानीय मेला ग्राउण्डमा खेलिएको फाइनल म्याचमा सिंगलिंग स्पोर्टिंग क्लबले युनाइटेड ब्रदर्सलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल स्थानापन्न खेलाड़ी सञ्जय राईले गरे।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement