कञ्चनजंघा फूटबल क्लब च्याम्पियन

IMG-20230815-WA0560.jpg

१५ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) च्याम्पियन भयो। सालुगढ़ा खेल मैदानमा मंगलवार भएको फाइनल म्याचमा केएफसी-ले सिलगढ़ी युनाइटेड फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेक ठकुरीले २५औं, अरुण तामाङले ४४औं अनि अनिश राईले ५०औं मिनटमा गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। आयोजक समितिको तर्फबाट आयोजित अण्डर-१२, अण्डर-१७ र भेटरन्स टुर्नामेण्टको फाइनल पनि आज भयो। भेटरन्स टुर्नामेण्टमा मनजीत भेटरन्स च्याम्पियन भयो। यसरी आयोजक सालुगढ़ा नेत्र बिन्दु संघको टीम रनरअप् भयो।

संक्षिप्तमाः
च्याम्पियनः कञ्चनजंघा फूटबल क्लब
रनरअप्ः सिलगढ़ी युनाइटेड फूटबल क्लब
प्लेयर अव् द टुर्नामेण्टः सुरज तामाङ (सिलगढ़ी युनाइटेड)
प्लेयर अव् द म्याचः सुमन लेप्चा (केएफसी)
बेस्ट गोलकीपरः राहुल माहातो (केएफसी)
हाईएस्ट स्कोररः अनिश राई (केएफसी)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement