फुलबारी: फुलबारी महानन्दा ब्यारेजमा अज्ञात महिलाको लाश उद्धार भएको छ।स्थानीय मानिसहरूले फुलबारी महानन्दा ब्यारेजको लकगेटमा एउटा मृतदेह तैरिरहेको देखे। सो घटनाबारे न्यु जलपाईगढी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर लाश उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।