मालदा: भारतको ७७औँ स्वतन्त्रता दिवस देशभरका साथै मालदा जिल्लामा पनि मनाइयो। मंगलबार बिहान ८ बजे अंग्रेजीबजार नगरपालिकामा राष्ट्रिय झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको छ। अङ्ग्रेजीबजार नगरपालिकाका अध्यक्ष कृष्णेन्दुनारायण चौधरीले झण्डा फहराएका थिए। कार्यक्रममा अन्य पार्षद तथा पूर्ण पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो। यसबाहेक मालदा सहरको नेताजी मोड क्षेत्रमा पनि झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको थियो। अङ्ग्रेजीबजार नगरपालिकाले स्वतन्त्रता दिवसको अवसरमा नेताजी सुभाषचन्द्रको शालिकमा श्रद्धाञ्जली अर्पण गरेको छ।