खरसाङमा ७७औं स्वतन्त्रता दिवस समारोह सम्पन्न

IMG-20230815-WA0578.jpg

सबैको जीवनमा शिक्षा महत्वपूर्ण भएकोले यसलाई प्रथम प्राथमिकता दिन्दै सय प्रतिशत समय दिनुपर्छ: कल्पना प्रधान

खरसाङ: देशको ७७औं स्वतन्त्रता दिवसको अवसरमा खरसाङमा विभिन्न कार्यक्रमहरूबीच पालन गरिएको छ। स्वतन्त्रता दिवस समारोह समितिको आयोजनामा खरसाङको मन्टीभियट खेल मैदानमा सम्पन्न स्वतन्त्रता दिवस समारोहको अध्यक्षता खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रूपमा जीटीएको मातृ अनि शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधान उपस्थित थिइन्। शिक्षिका गोमा सुब्बा र सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले राखेका थिए। कार्यक्रमको शुरुमा कार्यक्रमको प्रमुख अतिथि कल्पना प्रधानको बाहुलीबाट राष्ट्रीय झण्डा उत्तोलन गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूले परेडसहित सलामी दिइएको थियो भने प्रमुख अतिथि र विशिष्ठ अतिथिहरूले सलामी ग्रहण गरेका थिए। कार्यक्रममा खरसाङ क्षेत्रबाट माध्यमिक, उच्च माध्यमिक, आईसीएससी, आईएससी, सीबीएसईमा खरसाङ टप्पर रहेका विद्यार्थीहरूलाई सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै खरसाङ क्षेत्रका पत्रकारहरूलाई पनि सम्बर्ध्दना जनाइएको थियो। कार्यक्रममा शिक्षिका प्रिसिला गुरुङ, असरफ जाहान, गौतम छेत्री, सम्बर्ध्दना मुखिया आदिलाई आफ्नो आफ्नो क्षेत्रमा दिइएको योगदानको लागि सम्बर्ध्दना जनाइएको छ। खरसाङमा सम्पन्न स्वतन्त्रता दिवस कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रतियोगिताहरू जस्तै ड्रिल, मार्च पास्ट, देशभक्ति गीतमा नृत्य आदिमा सहभागिता जनाएका थिए। स्वतन्त्रता दिवसको अवसरमा महिलावर्ग र पुरूषवर्क गरेर खुल्ला म्याराथन दौडको अायोजना गरिएको थियो। उक्त दौड़ अन्तर्गत महिलावर्गमा गान्तोककी चन्द्रकला शर्मा प्रथम, गोरूबथानकी सबिना राई दोस्रो र खरसाङ दिलरामकी प्रीति राई तेस्रो भइन्। त्यसरी नै पुरुषवर्गमा जलपाईगढीका जयन दास प्रथम, गोरूबथानका राजा सापकोटा दोस्रो र खरसाङका सुवर्ण सुब्बा तेस्रो भएका छन्। यस दौडमा प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार नगदराशिसहित प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ। त्यसरी नै मार्श पास्ट छात्रवर्गमा प्रथम पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय, दोस्रो सन्त अल्फन्सेस र तेस्रो सन्त जेभियर्स भएका छन् भने छात्रावर्गमा प्रथम सन्त जोसेफ, दोस्रो पुष्परानी र तेस्रो सन्त अल्फन्सेस भएका छन्। त्यस्तै प्रकारले छद्य भेषमा प्रथम गणेशबहादुर सेवा, दोस्रो अयन मल्लिक र तेस्रो सुरेन रावत बनेका छन्। त्यसरी नै देशभक्ति गीतमा सामहिक नृत्य प्रतियोगितामा प्रथम सन्त जोसेफ प्रथम, दोस्रो डेजिस र तेस्रो स्कट मिशन स्कूल बन्न सफल बनेका छन्। कार्यक्रममा मुख्य अतिथि जीटीएका मातृ अनि शिशु कल्याण विभागका कार्यकारी सभासद कल्पना प्रधानले उपस्थित विद्यार्थीहरूका जन समूहलाई सम्बोधन गर्दै शिक्षालाई प्रथम प्राथमिकता दिनु पर्ने आह्वान् गर्दै शिक्षालाई प्रथम प्राथमिकता दिन्दै सय प्रतिशत समय दिनु पर्ने बताइन्। उनले अघि भनिन् – ‘अहिलेका विद्यार्थीहरू देश, जाति र समाजको भावी कर्णधारहरू हुन्। शिक्षाले गर्दा नै भारतीयहरू विश्वभरि उच्च ओहोदातिर रहेर नाम कमाएका छन्। आफ्नो शिक्षा, दक्षता, विवेक र ज्ञानले नै भारतीयहरू विश्वभरिमा उच्च पदतिर आसिन रहेर प्रसिध्द रहेका छन्।’ सभासद कल्पना प्रधानले अघि भनिन् – ‘हामी भारतीयहरू हौं भन्दा गर्व गर्छौं। भारतीय मूलका धेरै प्रसिध्द मानिसहरू विश्वभरि उच्च ओहोदातिर छन् अनि उनीहरू सबै शिक्षाको कारणले हो। त्यसैले शिक्षा महत्वपूर्ण हुन्छ। जीवनमा सफलता पाउनु हो भने तीनवटा मुख्य हुन्छन् जसमा परिवेश, शिक्षा र अनुभव मुख्य हुन्।’
कार्यक्रममा सभाध्यक्ष ब्रिगेन गुरुङले आफ्नो वक्तव्यमा स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने सबैलाई धन्यवाद दिएका छन्। यस अवसरमा उनले खरसाङमा अबदेखि प्लास्टिकको प्रयोग बन्द गर्ने आह्वान् गरेका छन्। उनले अब भोलि १६ अगस्तदेखि खरसाङमा प्लास्टिकको प्रयोग गरिएको भेटिए ५० रुपियाँ जरिमाना लाग्ने सूचना पनि जारी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement