गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको उपस्थितिमा आज सॉंझ ७७औं स्वतन्त्रता दिवसको शुभ सन्ध्यामा हाई टी आयोजन गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनकी धर्मपत्नी कृष्णा राई, न्यायमर्ति विश्वनाथ सोमाद्दर, मन्त्रीगण, विधायकगण, मुख्य सचिव तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रमको शुरूवात राष्ट्रिय गानका साथ गरियो। यसपल्ट पाल्जोर नामग्याल कन्या उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले भाग लिॅंदै पाइप ब्याण्डद्वारा राष्ट्रिय गानको धुन बजाए। कार्यक्रमको मुख्य आकर्षण सांस्कृतिक प्रस्तुति थियो। कलाकारहरूले लेप्चा, भोटिया र नेपाली नृत्यहरू प्रस्तुत गरे। यसैगरी, कलाकारहरू रंगारंग कार्यक्रमहरू प्रस्तुत गरेको बताइएको छ।