राजगञ्ज: एकजना अज्ञातव्यक्तिको शव फुलबारी टिस्टा क्यानलबाट उद्धार गरिएको छ। स्थानीय मानिसहरूले आज साँझ फुलबारी- २ नम्बर ग्राम पञ्चायतको पुटीमारी संलग्न फुलबारी टिस्टा क्यानलमा एउटा शव देखेको थियो। यसपछि घटनाको सूचना एनजेपी थाना पुलिसलाई दिएपछि पुलिस घटना स्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाइदिएको छ।