कप्तान रामसिंह ठकुरीको जन्मजयन्ती एवम् ‘ कप्तान रामसिह ’ सट फिल्मको प्रिमियर सो सम्पन्न

8a65f1e0-d52d-4f7f-8295-201368f898ad


मालबजारः आज मालबजारस्थित आरआर प्राइमेरी स्कुल प्राङ्गणमा स्वाधीनता दिवस पालन गरियो। जहाँ झण्डा उतोलन शिक्षक कृष्ण शर्माले गरेका थिए। आज यसै कार्यक्रममा कप्तान रामसिंह ठकुरीको जन्मजयन्ती अनि उपन्यासकार राजेन्द्र राजनको जन्म दिन पालन गरियो। कार्यक्रममा भूतपूर्व सैनिक सुवेदार मेजर अजित पराजुली, सिजर स्कुलका प्रिन्सिपल दिलीपकुमार सरकार, शिक्षक एवम् चित्रकार अजय थापा, शिक्षक दिपक दर्जी, शिक्षक कृष्ण शर्मा, शिक्षक कृष्ण छेत्री, कप्तान रामसिंह ठकुरी सालिग निर्माण समिति बिरपाड़ाका पदाधिकारी स्वागन थापा, गगन थापा, कलाकार उत्तम कार्की, विश्वनाथ पोद्धार, मटेली राष्ट्र भाषा हाई स्कुलका सहप्रधानाध्यापक रविन्द्रकुमार मौरिय, मटेली राष्ट्र भाषा हाई स्कुलका भूतपूर्व प्रधानाध्यापक रमेश सिह आदिको उपस्थिति रहेको थियो।

कप्तान रामसिह ठकुरीको जन्मजयन्ती पालन गर्दै जी.के क्रिएशनको प्रस्तुती अनि लेखक तथा निर्देशक डा गोविन्द भौमिकद्वारा निर्माण गरिएको सट फिल्म ‘ क्याप्टन रामसिह ’ को प्रिमियर शो पनि सम्पन्न भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै लेखक तथा निर्देशक डा. गोविन्द भौमिकले भने, हाम्रो स्वाधीनता सङ्ग्रामीहरूलाई मानिसहरूले नभुलोस् भन्ने उद्देश्यले नै यो सट फिल्म निर्माण गर्ने प्रयास गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement