आईटीबीपीद्वारा ७७औं स्वतन्त्रता दिवस पालन

n528371638169212358027276c7398e3b2b5183f7bf277eae15eb698f6db353bc6f41ad6ccd145c0f2c06e6.jpg

गान्तोकः देशको ७७औं स्वतन्त्रता दिवसको अवसरमा भारत तिब्बत सीमा पुलिसको १३औं वाहिनीले आज विभिन्न कार्यक्रमहरूको आयोजना गऱ्यो। वाहिनीका उप सेनानी प्रशान्त कुमारले युनिटको क्वार्टर गार्डमा राष्ट्रिय ध्वजारोहण गरे। उनले हिमवीरहरूलाई स्वतन्त्रता दिवसको बधाई दिए।

यस अवसर देशको निम्ति आफ्नो प्राणको आहुति दिने स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पित गरियो। कार्यक्रमा हिमवीरका परिवारहरू र भूतपूर्व सैनिकहरू पनि सहभागी बनेका थिए। सबैले उत्साहका साथ स्वतन्त्रता दिवस मनाए। सबैले आफ्नो घरहरूमा राष्ट्रिय ध्वज फहराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement