तीब्र गतिको कारले वृद्धको मृत्यु

113df118-f241-483d-8860-f049a17b1adb


जलपाइगढीः सडक दुर्घटनामा परी ६० वर्षीय वृद्धको मृत्यु भएको छ । घटना मंगलबार मैनागढी-धुपगढी राष्ट्रिय राजमार्ग नम्बर ३१ मा रानीरहाट टर्न नजिकको क्षेत्रमा भएको हो। मृतकको नाम योगिन्द्रनाथ बर्मन (६७) हो । योगिन्द्रनाथ बर्मन मंगलबार बिहान सधैं झैं सडक किनारमा मॉर्निङ वाक गर्दै थिए । त्यसपछि विपरित दिशाबाट आएको कारले उनलाई ठक्कर दियो । वृद्धको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय बासिन्दा र घरका मानिसहरू आएर घटनाबारे थानालाई खबर गरेका थिए। पुलिसले गएर शव बरामद गरी पुलिस थाना ल्याएको थियो । पुलिस स्रोतका अनुसार शवलाई पोस्टमार्टमका लागि जलपाइगढी अस्पतालमा पठाइएको थियो। रानीरहाट टर्न नजिकैको क्षेत्रमा भएको यो घटनाले सनसनी फैलिएको छ । तर, घटनापछि चालक भने गाडीसहित फरार रहेको बताइएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement