कालचिनी: कम्युनिटी पुलिसिङ अन्तर्गत आज कालचिनी खण्डको हाँसीमारा आउटपोस्ट अन्तर्गत पर्ने भर्नाबारी चियाबारीमा अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा मानव तस्करी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भयो।
आज उक्त अवसरमा एएसपी जयगाउँ कुन्तल ब्यानर्जी लगायत कालचिनी सीआई पार्थ सारथी चन्दा, हाँसीमारा आउटपोस्टका प्रभारी शिवाजी सिंह, एवम् विभिन्न एनजीओहरूको सहभागिता रहेको थियो। उक्त शिविरमा मानव तस्करी लगायत ड्रग्स विरुद्ध सचेतना, बाल विवाह साइबर क्राइममाथि उपस्थित पुलिस अधिकारी औ एनजीओ सदस्यहरूले मानिसहरूलाई सचेत गराउने प्रयास गरेको थियो।