खरसाङ: देशको ७७औं स्वतन्त्रता दिवसको अवसरमा खरसाङको घैयाबारीस्थित ब्लु डाईमण्ड अंग्रेजी स्कूलमा विभिन्न कार्यक्रमहरू आयोजना गरी पालन गरिएको छ। यस अवसरमा स्कूल परिसरमा राष्ट्रिय झण्डा उत्तोलन स्कूलकी प्राचार्य मार्थारानी राईको बाहुलीबाट गरिएको छ। यस अवसरमा स्कूलको निर्देशक लगायत शिक्षक शिक्षिकाहरू, विद्यार्थीहरूद्वारा राष्ट्रीय गीत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा तीनधारे पुलिस आउट पोष्टको थाना प्रभारी बीरेद्र छेत्री, समाजसेवी भुषण थापा उपस्थित रहेका थिए। कार्यक्रममा नानीहरूले गीत, नृत्य लगायत विभिन्न सांस्कृतिक र देशभक्ति कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई शिक्षक प्रवेग प्रधानले सञ्चालन गरेका थिए। स्कूलमा सम्पन्न कार्यक्रम अघि म्याराथन पनि सम्पन्न गरिएको थियो।

उक्त म्याराथन पगलाझोड़ादेखि घैयाबारीस्थित स्कूलसम्म साढ़े तीन किलोमीटरको गरिएको थियो जसमा पाँचौ, छैटौं र सातौं श्रेणीसम्मको जुनियर क्याटोरी र आठौं, नवौं र दशौं श्रेणीसम्मका विद्यार्थीहरूलाई लिएर लिएर सिनियर क्याटोगरी बनाइएको थियो। यस दौडयमा जम्मा २३ जना नानीहरूले भाग लिएका थिए। यस दौड़ प्रतियोगितालाई अभिभावक एंव पञ्चायत समितिको सदस्य कुसाङ लामाले हरियो झण्डा देखाएर शुरुवात हरेका थि। यस अवसरमा जुनियरमा विभान्सु सार्की प्रथम, रिहान तामाङ दोस्रो र नितिन प्रघान तेस्रो भएका थिए। त्यसरी नै सिनियर वर्गमा अभिमन्यु छेत्री प्रथम, साहिल छेत्री दोस्रो र अन्शु प्रधान तेस्रो भएका थिए।

त्यसरी नै यस दौड़मा स्कूलका शिक्षिकाहरूले पनि भाग लिएका थिए जसमा प्रथम बिनुमा राई, दोस्रो पूर्णिमा छेत्री र तेस्रो सुप्रिया राई बनेकी थिइन्। ब्लु डाईमण्ड स्कूलमा आयोजित स्वतन्त्रता दिवस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै शिक्षक सन्तोष लामाले विस्तृत रूपमा जानकारी गराएका छन्।