दलसिंहपाडाः कालचिनी प्रखण्ड अन्तर्गत दलसिंहपाडास्थित रणबहादुर बस्तीमा ग्रीन ओसियन स्पोर्टिङ क्लबको आयोजनामा ७७औँ स्वतन्त्रता दिवस कार्यक्रम भव्यताको साथ पालन गरे। उक्त कार्यक्रमको प्रमुख अतिथि नव निर्वाचित उपप्रधान दिलीप थापाले गरेका थिए भने अतिथिहरूमा गाउँका पञ्चायत सदस्य कान्छा लामा, निलपाडा रेञ्जका बिटकुमार थापा, फोरेस्ट कर्मचारी बाबुल प्रधान, पञ्चायत सदस्य मनबहादुर लिम्बू, अधिवक्ता कुल्दीप लामा, रिसर्चर जयप्रसाद राई रहेका थिए।
कार्यक्रमको विशेष आकर्षण अगस्त १ देखि चलिरहेको फुटबल खेलको फाइनल रहेको थियो भने, गाउँका युवा शोधार्थी जयप्रसाद राई र अधिवक्ता कुल्दीप लामालाई सम्मान गरे। आज खेलिएको फाइनल फुटबल खेलमा विजेता टिम ९९ भए भने उपविजेता किन्स ११ रहेका थिए। यस्ता प्रकारको खेलले युवाहरूमा उत्साह भर्नुका साथै नशालु पदर्थबाट मुक्त गर्ने मूल उद्देश्य रहेको कुरा आयोजक समितिका सचिव महेन्द्र विश्वले जनाए।