खरसाङ: देशको ७७औं स्वतन्त्रता दिवस खरसाङको घैयाबारीमा भूतपूर्व सैनिकहरूद्वारा गठित कारगिल एनजीओद्वारा पालन गरिएको छ। यस अवसरमा कारगिल एनजीओकै कार्यलाय परिसरमा राष्ट्रिय धण्डा उत्तोलन गरिएको छ। यस अवसवरमा कारगिल एनजीओका सदस्य एंव भूतपूर्व सैनिक राम थापाको बाहुलीबाट राष्ट्रीय झण्डा उत्तोलन गरिएको छ। त्यसपछि स्वतन्त्रता दिवसको अवसरमा एक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम कारगिल एनजीओका सभापति सुभम सुब्बाको अध्यक्षतामा सम्पन्न भएको छ कार्यक्रमलाई जयराज थापाले सञ्चालन गरेका थिए। कार्यक्रममा रामप्रसाद थापाले स्वागत सम्भाषण राखेका थिए।

कार्यक्रममा स्वतन्त्रता दिवस विषयमा कारगिल एनजीओको सचिव गणेश तामाङ, वरिष्ठ नागरिकबाट देवीमाया रोका, प्रसाद शंकर, कैलाश प्रधान आदिले वक्तव्य राखेका थिए। त्यसरी नै भारतीय गोर्खा परिसंघको पक्षमा आईएन प्रधानले वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन रमेश प्रधानले राखेका थिए। स्वतन्त्रता दिवस विषयमा पत्रकारहरूसित कुराकाकानी गर्दै कारगिल एनजीओका सदस्य एंव भूतपूर्व सैनिक सुरज तामाङले विस्तृत रूपमा जानकारी गराएका छन्।