मन्त्री सुब्बाको हीलिङ क्याम्पको भ्रमण

IMG_20220517_230532.jpg

गेजिङ। सिक्किमको राज्य जन स्वास्थ्य अभियान्त्रिकी तथा जल संसाधन विभाग मन्त्री भीमहाङ सुब्बाले आज क्योङ्गसा खेलमैदान परिसरमा हेभन्ली निर्वाण पाथद्वारा आयोजित राज्यस्तरीय नि:शुल्क सात दिने हीलिङ क्याम्पको भ्रमण गरे। यस शिविरको शुभारम्भ मास्टर गडएञ्जल (गुरु हजुर) को प्रेम अनि आशीर्वाद तथा सेमिङ गुरु भारतको देखरेखमा भएको बताइएको छ।

मन्त्री सुब्बाले प्रार्थना मण्डपमा सिक्किमवासीहरूको कल्याणका लागि प्रार्थना गरे तथा संगठनका अनुयायीहरू र भक्तजनसॅंग अन्तरक्रिया पनि गरे। उनले सेमिङ गुरु भारतबाट आशीर्वाद ग्रहण गरे। यसैगरी, मन्त्री सुब्बाले केन्द्रमा उपचाराधीन बिरामीहरूलाई भेटेर उनीहरूसॅंग पनि कुराकानी गरेका थिए। बिरामीहरूले उपचार सम्बन्धित सकारात्मक प्रतिक्रियाहरू साझा गरे। उनले बिरामीहरूका समस्या र आवश्यकताहरूबारे पनि जानकारी लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement