स्वतन्त्रता दिवसः मुख्यमन्त्री ममताले रेड रोडमा ध्वजारोहण गरिन्

20230815135F_DFriJ8F-scaled.jpg

कोलकाताः ७७औं स्वतन्त्रता दिवसको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकाताको राजपथ अर्थात् रेड रोडमा ध्वजारोहण गरेकी छन्। बिहान लगभग १०.३० बजी मन्त्रीमण्डल सहयोगीहरूको साथ मुख्यमन्त्री रेड रोड पुगिन्। यहाँ धेरै देशहरूका डिप्टी कमिश्नटर कन्सुलेट जेनरल र अन्य आमन्त्रित सदस्य उपस्थित थिए।

ममता ब्यानर्जी पुगेपछि रेड रोडमा कोलकाता पुलिसको तर्फबाट परेड गरी सलामी दिइयो। हावड़ा र कोलकाता पुलिसको तर्फबाट ना-ना थरीका झांकीहरू र परेड बाहेक धेरै करतब पनि प्रस्तुत गरियो। यसपछि ममताले ध्वजारोहण गरिन्। मंचमा उनको साथ मुख्य सचिव हरि कृष्ण द्विवेदी र कोलकाता पुलिस आयुक्त विनीत गोयल उपस्थित थिए।

यस अवधि सीएमले कोलकाता र राज्य पुलिसका पदाधिकारीहरूलाई उत्तम सेवाको निम्ति मुख्यमन्त्री सेवा पदकले सम्मानित गरिन्। उनले जब परेडको सलामी लिइऱहेकी थिइन् तब हेलीकप्टरबाट पुष्प बर्साइयो। यस अवधि सुरक्षाको ठोस व्यवस्था गरिएको थियो। रेड रोड वरिपरि लगभग दुई हजार पुलिसकर्मीको तैनाती थियो र वाच टावरको माध्यमले कोलकाता पुलिसका प्रशिक्षित स्नाइपर्सले सुरक्षाको जिम्मा लिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *