आजादीको दिन पनि बंगालमा चुनावी हिंसा, कांग्रेस कार्यकर्ताको घरमा हमला

00-1-Rajya-Samachar-3

कोलकाताः देशले आज स्वतन्त्रताको खुशी मनाइरहेको छ भने पश्चिम बंगालमा अझै पनि चुनावी हिंसा थामिएको छैन। स्वतन्त्रता दिवसको पूर्व सन्ध्या नदिया जिल्लाको नक्काशीपाडा क्षेत्रमा कांग्रेस कार्यकर्ताहरूलाई मार्ने प्रयास गरियो र परिवारसॅंग कुटपिट गरिएको आरोप छ। यसको आरोप सत्तारूढ तृणमूल कांग्रेसका कार्यकर्ताहरूमाथि लागेको छ।

पुलिस सूत्रहरूले भने, आइतवार राति नक्काशीपाडा क्षेत्रमा कांग्रेस कार्यकर्ताको घरमा हतियारधारी केही व्यक्तिहरूले हमला गरे। उनीहरूले गोली चलाए, बमबारी गरे, परिवारका सदस्यहरूसॅंग कुटपिट पनि गरे। सूचना पाएपछि कांग्रेस कार्यकर्ताहरू पनि त्यहॉं आइपुगे, जसपछि तृणमूल कार्यकर्ताहरूसॅंग भिडन्त भयो। यसावधि निकै बामबारी भयो र गोली चल्यो। यस घटनामा १५ जना घाइते भएका छन्। कांग्रेसले चुनाउमा हारपछि तृणमूल कार्यकर्ताहरूले हमला गरेको आरोप लगाएको छ। पुलिसले क्षेत्रमा पेट्रोलिङ बढाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement