कालचिनी: झन्डै ठूलो दुर्घटना हुनबाट जोगियो कालचिनी ग्राम पञ्चायत कार्यालय। आज अपरान्ह समय प्रायः ३ बजे कालचिनी ग्राम पञ्चायत कार्यालयको बिजुली मीटर राखिएको ठाउँबाट अचानक सर्ट सर्किट भएर आगो सल्किएकोले झण्डै भयावह आगलागीबाट बाँच्यो कालचिनी ग्राम पञ्चायत कार्यालय। प्राप्त जानकारीअनुसार कार्यालयमा त्यतिखेर एक्जीक्युटिभ, सचिव, इन्जिनियर लगायत उपप्रधान साथै अन्य पञ्चायत सदस्यहरू पनि उपस्थित रहेको थियो भने यसरी अचानक सर्ट सर्किट भएर आगो सल्किँदा ग्राम पञ्चायत कार्यालयमा पुगेको युवा समाजसेवी गुलाम रब्बानी लगायत सबैले नै हातेमालो गरेर आगोलाई नियन्त्रण गर्न सक्षम भएको थियो। आगो प्रायः नियन्त्रणमा आइसक्दा दमकलको एउटा ईन्जिन घटनास्थलमा पुगेको थियो यद्यपि त्यतिञ्जेल आगो सबै निभाउन सफल भइसकेको थियो। उक्त आगलागीमा महत्वपूर्ण कुनै प्रकारको क्षयक्षति नभएको बताईएको छ। उपस्थित सदस्यहरूले यदि यही आगो रातीको समय लागेको भए भयावह परिणाम हुन्थ्यो भनि जनाएका छन्।