सिलगढी: सिलगढी पत्रकार क्लबले स्वतन्त्रता दिवस र क्लबको स्थापना दिवस ठूलो धूमधामका साथ मनायो। स्वतन्त्रता दिवस तथा स्थापना दिवसको अवसरमा क्लबका सम्पुर्ण पत्रकारहरूले बाइक र्याली निकालेका थिए। मंगलबार बिहान करिब १० बजे कञ्चनजङ्घा रंगशाला अगाडि र्याली सुरु भएको थियो। सहरका विभिन्न चोकबाट परिक्रमा गरी काभाखली क्षेत्रमा रहेको क्लब भवनमा पुगेर समापन भएको थियो। त्यहाँ राष्ट्रिय झण्डा फहराइएको थियो र त्यसपछि क्लबको झण्डा फहराइएको थियो। आज काभाखलीस्थित क्लब परिसरमा दिनभर विभिन्न कार्यक्रम गरिने भएको छ, जसमा बालबालिकाबीच चित्रकला प्रतियोगिता, दिवा खाजा समावेश छ।