मालदाः भारतको ७७औँ स्वतन्त्रता दिवस पूर्ण सम्मानका साथ मनाइएको छ। मंगलबार बिहान ९ बजे मालदा जिल्ला प्रशासन भवन परिसरमा स्वतन्त्रता दिवस मनाइएको थियो। जिल्ला मजिस्ट्रेट नितिन सिंघानियाले भारतको राष्ट्रिय झण्डा फहराएर परेडमा भाग लिएका थिए।
पुलिस अधिक्षक प्रदीपकुमार यादवलगायत अन्य प्रशासकीय अधिकृतहरूको समेत उपस्थिति रहेको थियो। अन्तमा जिल्ला म्याजिस्ट्रेट नितिन सिंघानियाले उद्घाटन समारोहमा राष्ट्रका नाममा सम्बोधन गरे। यसबाहेक ७७औँ स्वतन्त्रता दिवस मनाउने कार्यक्रममा अन्य सर्वसाधारणको पनि सहभागिता रहेको थियो।