सिलगढीः दार्जिलिङ जिल्ला स्तरीय तृणमूल कांग्रेसले मध्यरातमा स्वतन्त्रता दिवस मनायो। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भारतको स्वतन्त्रताको ७७औँ वार्षिकोत्सवको अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसले मध्यरातमा स्वतन्त्रता दिवस मनाएको छ। स्वतन्त्रता दिवसको अवसरमा तृणमूल कांग्रेसले सोमबार दिउँसोदेखि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो, त्यसपछि मध्यरातमा तृणमूलका नेता तथा मेयर गौतम देवले भारतको राष्ट्रिय झण्डा फहराएका थिए। कार्यक्रममा तृणमूल कांग्रेस नेता तथा अध्यक्ष प्रतुल चक्रवर्ती, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पापिया घोष र तृणमूल नेता तथा उपमेयर रञ्जन सरकार सहित दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका धेरै कार्यकर्ता र समर्थकहरू पनि उपस्थित थिए।